पञ्चपुरी नगरपालिका सुर्खेतको स्थानगत आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी

19 पटक हेरिएको

सुर्खेत ।
पञ्चपुरी नगरपालिका सुर्खेतको स्थानगत आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी बाबियाचौरमा सुरू भएको छ । स्कोलर नेपाल प्रालीको प्राविधिक सहयोग पञ्चपुरी नगरपालिकाको कार्यालय बाबियाचौरको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगरपालिकाको आवधिक योजना, योजना तर्जुमा प्रक्रिया, सुधारका क्षेत्रको विषयमा छलफल गरिएको छ। त्यसैगरी योजनाबद्ध विकास असर र प्रभावका बारेमा समेत कार्यशाला गोष्ठीमा छलफल गरिएको छ । कार्यशाला गोष्ठीमा स्थानगत आवधिक योजना तर्जुमा कार्यक्रमका टिम लिडर पि के महर्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाको अवस्था विश्लेषण र आगामी दिनमा सुधार गर्नुपर्ने उपायका बारेमा समेत छलफल गरिएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिकामा रहेका राजनीतिक दल, बुद्धिजीवी, विषयगत शाखाका प्रतिनिधिहरू, शिक्षक, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नगर उपप्रमुख मुक्ति रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियोे भने उद्घाटन कार्यक्रम पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...