पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनारमा डुंगा पल्टिएको हो ।
चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५ चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् ।
सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए । बेपत्ताको खोजी भैरहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।