नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको पछिल्लो कदमलाई संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिइ नयाँ सरकार गठनको आह्वान गर्नुले संविधान असुरक्षित भएको पौडेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
पौडेलले लेखेका छन् :
राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।
सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।
यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु । setopati