पञ्चपुरीका सम्पूर्ण घरधुरीमा खानेपानी पुर्‍याउँछु- मन्त्री यादव

181 पटक हेरिएको

६ जेठ सुर्खेत ।

नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले पञ्चपुरीका सम्पूर्ण वडाका घरघरमा खानेपानी पुर्‍याउने बताएका छन्। सालकोट बृहत खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन कार्यक्रममा सहभागी भएका मन्त्री यादवले अब पञ्चपुरीका नागरिकले पानीको समस्या भोग्नु नपर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री यादवले खानेपानी प्रत्येक नागरिकको जीवनसँग जोडिएको विषय भएको हुँदा आयोजनालाई दिगो बनाउनको लागि एक वर्षसम्म निरन्तर मन्त्रालयले सहयोग गर्ने समेत बताएका छन्। मन्त्री यादवले पञ्चपुरीको वडा नम्बर १ देखि ३ सम्म खानेपानीको समस्या कहाँनेर छ त्यो समस्या समाधान गर्नको लागि टिम परिचालन गर्ने बताएका छन् । जनताको अपेक्षा सरकारको विकासप्रतिको प्रतिबद्धता परिणाममुखी बनाउने दृढ इच्छाशक्ति आफ्नो प्रमुख कार्यदिशा रहेको समेत मन्त्री यादवले बताएका छन् ।

आयोजनाले पञ्चपुरी नगरपालिकाको वडा नम्बर १, २ र ३ मा रहेका २ हजार ७ सय ७१ घरधुरीका करिब १४ हजार ४ सय ३४ जनसङ्ख्यालाई स्वच्छ खानेपानी सेवा प्रदान गरी जनस्तरमा सुधार गर्ने योजना अघि बढाएको छ । २०७८ साल असार ३१ गते भएको सम्झौता अनुसार आयोजनाको कुल अनुमानित रकम १५ करोड ९ लाख ९७ हजार १ सय ५७ रुपैयाँ रहेको छ । २६ वटा आरभिटीको कुल क्षमता ९३२ क्युबिक मिटर रहेको छ। ए एम प्याराडाइज जेभी ज्वागल ललितपुरले १० करोड ३० लाख ७३ हजार ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। हाल आयोजनाको भौतिक प्रगति ९६% रहेको छ । आयोजनाले पञ्चपुरीको तीनवटा वडामा १६ वटा स्किम बनाएको छ ।

जसमा पञ्चपुरीको वडा नम्बर १ मा ५ वटा पञ्चपुरी वडा नम्बर २ मा ४ वटा र पञ्चपुरी वडा नम्बर ३ मा ७ वटा स्किम बनाएको छ । नियमितरूपमा शुद्ध स्वच्छ खानेपानी सेवा सुविधा उपलब्ध गराई जीवनस्तर सुधार ल्याउने आयोजनाको मुख्य उद्देश्य रहेको र बाँकी कामहरूलाई पूरा गर्न कार्यसमिति निरन्तर लागिरहेको आयोजनाका अध्यक्ष डिल्लीराम निउरेले बताएका छन ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारी कर्णाली प्रदेश सभा सदस्य विन्दमान बिष्ट सुर्खेत क्षेत्र नम्बर २ का सांसद हृदयराम थानी पुर्ब स्वास्थ्य राज्य मन्त्री नबराज रावत लगायतले आयोजनाको सफलताको शुभकामना दिँदै दिगोपना बनाउन सबैलाई आग्रह पनि गरेका छन । कार्यक्रमको स्वागत मन्तव्य पञ्चपुरी वडा नम्बर २ का अध्यक्ष यामबहादुर बिसीले गरेका थिए। कार्यक्रममा विभिन्न बाजागाजा सहित झाँकी तथा देउडा खेलसमेत प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search