सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्ति देवी रेग्मी निर्वाचित भएका हुन् ।
भण्डारीले ५९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याएका छन् । उपमेयरमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६०९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५१६८ ल्याएकी छिन् । रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपमेयरमै निर्वाचित भएकी थिइन् ।

वार्ड अध्यक्षहरुमा १ मा कर्णबहादुर थापा मगर ( नेकपा एमाले ) २ मा यामबहादुर बि.सि.( नेपाली काङ्ग्रेस ) ३ मा बलबहादुर रोकाय ( नेपाली काँग्रेस) ४ मा रामप्रसाद अधिकारी (नेकपा एमाले) ५ मा नगेन्द्रबहादुर शाही ( नेपाली काङ्ग्रेस ) ६ मा नरबहादुर सिजापती (नेकपा माओवादी) बाट बिजयी भएका छन ।
त्यसैगरि वडा न. ७ मा खिमबहादुर बयक( नेपाली काङ्ग्रेस ) ८ मा दिपक कुमार थापा( नेपाली काङ्ग्रेस ) ९ मा पुर्णप्रसाद घिमिरे( नेपाली काङ्ग्रेस ) १० मा हरिप्रसाद ढकाल ( नेपाली काङ्ग्रेस ) र ११ मा धन बहादुर माझि ( नेपाली काङ्ग्रेस ) बाट निर्वाचित भएका छन ।
पञ्चपुरी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो ।