४ जेठ सुर्खेत ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा रहेको विद्यालयको भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय तहको लगानीमा बनेका चारवटा पक्की भवनको उद्घाटन गरिएको हो। सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी २ पलैटेमा रहेका चारवटा भवनको २० वटा कोठा रहेका छन् । भवनको उद्घाटन कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्री, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दिपा हमाल, पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारी, उपप्रमुख मुक्ति रेग्मी, सामाजिक विकास शाखा संयोजक तथा वडा नं २ का अध्यक्ष याम बहादुर बिसी लगायतले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा शिक्षा निर्देशनालय कर्णाली प्रदेशका प्रमुख दिपा हमालले सूर्यप्रकाश माध्यमिक विद्यालयमा आफू सुरुमा आउँदा जस्ता पाताले छाएको भवनहरू भएको र अहिले पक्कै भवन निर्माणको क्रम अघि बढेको बताउनुभएको छ। साथै उहाँले विद्यालयमा आवश्यक सहयोगका लागि आफूले निरन्तर प्रयास गरेको र आगामी दिनमा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले आफू सरकारमा मन्त्री रहँदा विद्यालयको भवन निर्माणमा सहयोग गरेको स्मरण गराउनुभएको छ। साथै उहाँले सूर्य प्रकाशमा विद्यार्थीको चापसँगै भवन को समेत अभाव भएको हुँदा यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

विद्यालयले बिद्यालय प्रति योगदान पुर्याउने यज्ञबहादुर बुढाक्षेत्री, दिपा हमाल, लालवीर भण्डारी, मुक्ति रेग्मी, यामबहादुर बिसी लगायतलाई सम्मान समेत गरेको छ। भवन उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, पूर्व वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि हरु शिक्षक अभिभावक लगायतको उपस्थित रहेको थियो ।













