पञ्चपुरीको वडा नम्बर ४ मा सरोकारवाला व्यक्तिहरूसँग युवा संवाद छलफल सम्पन्न,

38 पटक हेरिएको

सुर्खेत ।
युवाको नेतृत्वमा किशोर किशोरीको प्रजनन स्वास्थ्य र परिवार योजना सम्बन्धी पैरवी अभियान अन्तर्गत सरोकारवाला व्यक्तिहरूसँग युवा संवाद कार्यक्रम आज पञ्चपुरीमा सम्पन्न भएको छ । युएसएआइडी, एआरएच परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा पञ्चपुरी नगरपालिकाको वडा नम्बर ४ डाबका आमा समूह, किशोरी आमा समूह लगायत सरोकारवालाहरूसँग संवाद गरिएको हाे ।
कार्यक्रममा समुदायमा पछिल्लो चरणमा बढ्दै गएको बालविवाहलाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायको भूमिका के रहने भन्ने विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी सहित सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एआरएच परियोजनाका युवा परिचालन अफिसर रेखा वलीले कार्यक्रमको लक्ष्य उद्देश्यबारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमका सहभागीहरुले समुदायमा किशोर किशोरीमाथि हुने गरेका समस्या र समाधानका लागि पहल गर्न सबैको ऐक्यबद्धता रहनुपर्ने समेत जनाएका छन् । कार्यक्रममा एआरएच परियोजनाका जिल्ला संयोजक चन्द्र बहादुर थापा, एआरएच सहजकर्ता दुर्गा पौडेल, कृष्ण बिक लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...