सपथ खान नापाएरै कर्णालीमा तीन मन्त्री वर्खास्त,

कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुखलाई भेटेर सपथग्रहण समारोह स्थगित गर्न र तीनैवटा मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरु फेसबुकमै बधाई खान बाध्य भएका हुन ।

मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री पदको सपथग्रहण गराउन खोजेका थिए तर मन्त्री पदमा सांसद एवम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलिदा मुख्यमन्त्री शाहीले विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फूटाएर उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराएका हुन ।

राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै विहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र एघार बजे तीनै जना मन्त्रीलाई सपथग्रहण गराउने कार्यक्रम तय भए अनुसार अघि बढेपनि सांसदको विरोधका कारण आज सपथग्रहण भने भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...