पञ्चपुरीमा १६ घण्टामा १ हजार मत गणना गरियो,

पञ्चपुरी नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणना सुस्त देखिएको छ । शुक्रबार राति ११ बजे देखि सुरु गरिएको मतगणना १६ घण्टा पछि एउटा मात्रै वडाको मतगणना सकिएको छ । दुईवटा ठाउमा गणना सुरु गरिएको मतगणना स्थलमा पञ्चपुरी ११ को मतगणना गर्न मात्रै १६ घण्टा लागेको हो ।

१ हजार ८६ मत खसेको बिद्याज्योती आ बि कुईनेको मतगणना ढिलाइ हुदा स्थानीय आक्रोसित समेत बनेका छन । वडा नं १ मा ९ सय ५० मत गणना गर्न १० घण्टा लागेको छ । कम मत खसेको २ ओटा वडाको मतगणना गर्न १६ घण्टा लागे जस्तै अन्य ९ वटा वडाको मत गणना गर्न करिव ७ दिन लाग्ने देखिएको छ ।

यस बिषयमा जानकारी लिन खोज्दा निर्वाचन कार्यालय पञ्चपुरीका निर्वाचन अधिकृत नवीन कुमार भट्टले कर्मचारी भरपर्दो नभएको कारण मतगणनामा ढिलाइ भएको र प्रतिनिधिको बिचमा बेलाबेला हुने बिवादले ढिलो भएको भनेर बचाउ गरेका छन ।

मत गणनाको अन्तीम नतिजा आउन अझै १ हप्ता लाग्ने समेत बताएका छन ।

निर्वाचनको बारेमा बेला बेला अप्डेट गर्नको लागि मतगणना स्थलमा सञ्चारकर्मीलाइ समेत रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...