चाैकुनेका अध्यक्ष चढ्ने गाडिलाइ एम्बुलेन्स बनाईयाे,

26 पटक हेरिएको

चाैकुने गाउँपालिकाले अध्यक्ष धिरबहादुर शाहीले प्रयाेग गर्ने गाउँपालिकाकाे गाडीलाई काेराेना संक्रमितहरुलाई आेसारपसार गर्न एम्बुलेन्सकाे रुपमा प्रयाेग गर्ने भएकाे छ । गाउँपालिकाका अध्यक्ष शाहीले आफ्ना समुदायका नागरिकहरुलाई एम्बुलेन्स सेवा अभाव हुन नदिनका लागि आफू चढ्ने गाडि एम्बुलेन्समा रुपान्तरण गरेकाे बताउनुभएकाे हाे ।

गाउँपालिकामा जम्मा २ वटा एम्बुलेन्स मात्र रहेकाेमा ती एम्बुलेन्सहरुलाई अन्य विरामीका लागि प्रयाेग गर्ने र गाउँपालिकाकाे गाडीलाइ काेराेनाका बिरामी बाेक्नका लागि मात्र प्रयाेग गर्ने भएकाे छ ।

कर्णालीमा अहिलेसम्म आफ्नाे गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने पालिका चाैकुने मात्र रहेकाे छ । गाउँपालिकाले २१ शैय्याकाे अाईसाेलेशन तयार गरिसकेकाे पनि अध्यक्ष शाहीले बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...