सुर्खेतकाे पञ्चपुरीमा आज मात्रै ६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा गरिएको ८ जनाकाे परिक्षणमा ६ जनामा संक्रमण देखिएकाे अस्पतालले जनाएको छ ।
आज भएको परिक्षणमा पञ्चपुरी ३ का ३४ का पुरुष र २५ बर्षका महिला, पञ्चपुरी ५ का २४ बर्षका पुरुष, पञ्चपुरी ८ का ३० बर्षका पुरुष र ३१ बर्षका महिला र बराहताल गाउपालिका ६ का ३२ बर्षका पुरुष रहेका छन ।
उनिहरु सबैमा लक्षण देखिएकाे र हाेम आईसाेलेसनमा रहेकाे जानकारी प्राप्त भएको छ ।