बाबियाचौर शिवधाम श्रृङ्गारिक धर्मजागरण महामहोत्सव २०८१ आजदेखि सुरु

शिवधाम गौरीघाटको सर्वाङ्गीण विकास एवं अक्षय कोष स्थापनार्थ बाबियाचौर शिवधाम श्रृङ्गारिक धर्मजागरण महामहोत्सव २०८१ आजदेखि पञ्चपुरीको बाबियाचौरमा सुरु भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ मा रहेको शिवधाम गौरीघाट मन्दिर प्राङ्गणमा भएको महोत्सव वैशाख २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

महामहोत्सवको आज पहिलो दिन कलश यात्रासहित बाबियाचौर बजार परिक्रमा गरिएको छ । कार्यक्रममा दैनिक योग शिविर भजन कीर्तन, कथावाचन लगायत विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले शिवधाम गौरीघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि नगरपालिका अग्रसर रहेको बताउनुभएको छ । साथै भण्डारीले शिवधाम धार्मिक संस्थामा सञ्चालन भएको गुरुकुल विद्यालयलाई थप व्यवस्थित गरी अगाडि बढ्नको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मी, राजनीतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला समूह, आमा समूह, स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । महोत्सवबाट संकलन भएको रकम शिवधामको विकासका लागि अक्षय कोष स्थापना गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...