आदर्श सितोरियो कराते डोजो पन्चपुरी सुर्खेतकाे अायाेजनामा तथा ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे समन्वयमा काेराेना राेकथामका लागि कार्यक्रम गरिएको छ । पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा रहेका नागरिकहरुलाई कोभिड-१९को ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ अभियान संचालन गरिएको हाे ।
![](https://subhasandesh.com/beta/wp-content/uploads/2021/05/1035.jpg)
बजार क्षेत्रमा रहेका नागरिक हरुलाई मास्क नियमित प्रयाेग गर्न र सामाजिक दुरी कायम गर्दै काेराेना बाट बच्नकाे लागि शन्देश दिएकाे क्षितिज थापाले जानकारी दिनुभयाे । बजारमा मास्क नलगाई हिडेका सर्वसाधारण हरुलाइ मास्क समेत बितरण गरिएको छ । अभियान कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा कराते खेलका प्रशिक्षार्थी हरुकाे सहभागीता रहेकाे थियोे ।