नागरिकलाई स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गर्दै बराहताल

36 पटक हेरिएको

१८ बैशाख, सुर्खेत ।

सुर्खेतको बराहताल गाउँपालिकाले नागरिकहरूको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विभिन्न शिविरहरू सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण वडामा दाँत मुख गिजा सम्वनधि शिविर सञ्चालन गरिरहेको छ।
बुधबार बराहताल गाउँपालिकाको वडा नम्बर ८ मा शिविर सञ्चालन गरिएको छ। पालिकाले यसअघि वडा नम्बर १ को तेलपानी र वडा नम्बर ३ को नर्सिङकाँडा र वडा नं ७ काे लामाखालीमा शिविर सञ्चालन गरिसकेको छ। गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले वडा नम्बर १ बाट सुरु गरिएको शिविर सम्पूर्ण वडामा सञ्चालन गरिने बताउनुभएको छ। आफ्नो पालिकामा रहेका नागरिकहरु स्वस्थ भए मात्रै पालिका समृद्ध बन्ने बताउदै भण्डारीले आफ्नाे पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यमा रहेको समेत बताउनुभएको छ।
पालिकाले यसअघि पनि अपाङ्गता भएका व्यक्तिहरूको लागि परिचयपत्र वितरण शिविर, स्वास्थ्य शिविर, महिलाहरूको लागि पाठेघरको मुखको क्यान्सर, निःशुल्क दन्त शिविर लगायतका चेकजाँच शिबिर सञ्चालन गर्दै आएको छ।
गाउँपालिकाले वडास्तरमै पुगेर शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्यमा ख्याल गरेकोप्रति स्थानीय नागरिकहरुले खुसी व्यक्त गरेका छन् । बुधबार सम्म सञ्चालन भएको शिविरमा करिव ३ सय भन्दा बढि नागरिकले सेवा लिएकाे भण्डारीले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search