पर्यटकीय क्षेत्रको बिकासका लागि आफु सधैं निरन्तर लागिरहने मन्त्री बिसीको भनाइ ,

64 पटक हेरिएको

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री कृष्ण बिसीले पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बिकास प्रचारप्रसारका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री बिसीले पश्चिम सुर्खेतका विभिन्न ठाउको अवलोकन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।
चौकुने ९ मा बन्दै गरेको सिमेन्ट उत्पादन क्षेत्र, भेरी कर्णाली दोभान र पञ्चपुरीमा रहेको दहतालको समेत अवलोकन गर्नुभएको छ । मन्त्री बिसीले सिमेन्ट उत्पादन हुने सुनाकाडा सम्म पुग्नको लागि साघुरो बाटोलाई फराकिलो बनाउन बजेट ब्यवस्थापन गर्ने समेत बताउनुभएको छ ।

बाबियाचौरमा रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा कार्यकर्ता संग कुरा गर्दै बिसिले नेता तथा कार्यकर्ता सधैं पार्टी प्रति उतरदायी हुनुपर्ने सुझाव दिनुभएको छ । पछिल्लो समय पार्टी भित्रको गुट उपगुटले पार्टी लाई घाटा हुने हुदा गुट उपगुटको मानसिकता नराख्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । मन्त्री बिसीले आफु सधैं सबै प्रति समान व्यवहार गर्ने भएको हुदा मन्त्री र सांसदको हैसियतले हुने काम कसै पार्टी तथा ब्यक्ति नहेरी समान ब्यवहार गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...