पञ्चपुरीमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी बिच गठबन्धन हुने,

सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा समाजबादी बीच चुनावी तालमेल हुने भएको छ । जसअनुसार उनीहरुले वडाको भागबण्डा पनि मिलाएका छन् । पञ्चपुरीमा नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्ने तयारीमा रहेका छन ।

नेकपा माओवादीबाट नगरप्रमुखमा केशव शाही, उपमेयरमा समाजवादीले चुनाब भिड्दैछन् । सहमति अनुसार पञ्चपुरीको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा परेको छ भने वडा नं. २, ४, ५ र ७ नम्बर वडा नेकपा समाजवादीले पाएको छ । वडा नम्बर ३ मा भने दुई दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...