विवाहको कार्डमा जन्ममिति अनिवार्य हुनुपर्ने : वडाध्यक्ष तिमिल्सैना

14 पटक हेरिएको

फागुन २० : कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था ल्याएको छ ।

बालविवाह रोक्नको लागि निमन्त्रणा कार्डमै जन्म मिति उल्लेख गर्नुपर्ने व्यवस्था गरेको वडाध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।
वडा भित्रकै जोडीको जन्ममिति वडामा रहेको जन्मदर्ता विवरणबाट खुल्ने र अरु पालिकाका बेहुला वा बेहुली भए पनि सम्बन्धित पालिकासँग समन्वय गरेर जन्मदर्ताको विवरण मगाउन वडाध्यक्ष सत्यराज तिमिल्सैनो बताउनुभयो ।

साथै उहाँले वडामा कसैको विवाह हुदैछ भने विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य राख्ने र भोज खान जाने आफन्तले २० वर्ष उमेर भए नभएको एकिन गरेर मात्रै भोज ग्रहण गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै अध्यक्ष तिमिल्सैनाले २० वर्ष पुगेको छैन भने भोज अस्वीकार गरेर वडामा जानकारी गराउन आग्रह गर्दै ब्राह्मणलाई विवाहको साइत वा दिन जुराउन आएमा पहिले केटा केटीको उमेर एकिन गरेर मात्रै साइत जुराउन अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...