“बोल्ने बानीको बिकास हुनु नै सफलता प्राप्त गर्ने सिढी हो– हरिकला”

49 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी ६ चतुरेमा घर भएकी हरिकला जोशी पेशाले उनि बिद्यार्थी हुन । अहिले उनि गाउकै बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा कक्षा ९ मा पढ्छीन । उनले आधारभुत तह नजिकैको गौरीशंकर बिद्यालयमा पुरा गरिन । मध्यम परिवारमा जन्मीएकी हरिकला को ८ जनाको परिवार रहेको छ । परिवारको कान्छी छोरीका रुपमा रहेकी उनि अहिले उमेरले १४ बर्ष पुरा गरिन । उनका बुवा घरपरिवारको पालनपोषण र पैसा कमाउनको लागि भारतमा जानुहुन्छ । उनि घरमा आमा, दाजु भाउजु संगै बस्छिन । प्राथमिक तहको पढाइ घर नजिकैको बिद्यालयमा पुरा गर्दा उनको पढाइ भने जस्तो राम्रो थिएन । उनि घरपरिवारमा पनि कम बोल्ने, बोल्ने परेपनि लाज मान्ने, बिद्यालयमा पनि शाथिहरु संग घुलमिल कम हुन्थीन । कार्यक्रममा जानपनि उनलाइ डरको महसुस हुन्थ्यो । कक्षामा नबुझेको कुरा शिक्षकलाइ सोध्न पनि उनि डराउथिन ।

एकदिन,उनि अध्ययन गरिहेको गौरिशंकर बिद्यालयमा एकता फाउण्डेसनको पहलमा बिद्यालयले बालसमुह गठन गर्ने कार्यक्रम राख्यो । बिद्यालयले आयोजना गरेको कार्यक्रममा उनले दर्शक भएर सहभागिता जनाइन । उनि जस्तै उनका शाथिहरु बालसमुहको समिति गठन गर्ने समयमा भाग लिए । यो कुरा हरिकलाले नजिकबाट नियालीरहेकी थिइन । उनलाइ पनि मनमनै बाल समुहमा बस्न पाएको भए हुन्थ्यो भन्ने लागेको थियो तर अरुलाइ भन्न आँट आएन । तर पनि उनले अरु शाथिहरुलाइ समुहमा बस्ने इच्छा जनाइन, शाथिहरुले उनको नाम पनि बालसमुहमा राखे । उनि त्यो दिन देखि सृजनशिल बालसमुहको सदस्य भइन । बाल समुहको सदस्य हुदा उनि मनमनै खुसि त भइन नै, तर मनमा झन कौतुहलता, डर, उत्सुकता संगै आउन थाले । अनि सोच्न थालिन र मनमनै आफैलाइ प्रश्न गर्न थालिन मैले बालसमुहमा बस्दा के गर्नुपर्छ रु काम गर्न सकएिला कि नाइ रु मेरो भुमिका के होला रु अरुले के भन्लान रु यस्तै प्रश्न उनको मनमा आइरहे ।

बालसमुहमा बसेर उनले जिवनउपयोगि सिप, नेतृत्व बिकास, बालअधिकार, बालमैत्री स्थानिय शासन लगाएतका धेरै तालिम लिने मौका पाइन । बिद्यालयलमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनले भाग लिन थालिन । सुरुको दिन अगाडि गएर बोल्नुपर्दा त उनलाइ साह्रै डर लाग्यो, शरिर देखि पसिना नै आयो तर उनले के बोले भन्ने पनि पत्तै पाइनन् तर उनले त्यो दिन राम्रो बोलिन र पुरस्कार जितिन । जब उनले पुरस्कार पाइन उनलाइ खुसी संगै मनबाटै अझै राम्रो गर्ने होसला बढ्यो । उनले थुप्रै बक्त्तृत्वकला, हाजिरजवाफ, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत भाग लिएकी छन ।

त्यसपछि उनको ब्यक्तिगत तथा पारिवारीक र सामाजिक रुपमा धेरै परिबर्तन आएको छ । उनि बाल समुहमा बसेपछि अरु संग गरिने ब्यवहार, बोल्ने बानिमा पनि परिवर्त आएको छ । हरेक कुरा बोल्नपर्दा उनि जिम्मेवार भएर सोचेर बोल्छीन । कक्षामा शिक्षक संग नजानेको कुरा सोध्न नसक्दा उनले कक्षा ६ मा पढ्दा केहि बिषयमा अनुउर्तिण हुने हुन्थीन । जव नेतृत्व र आत्मवल बढ्यो उनले कक्षामा नजानेको कुरा सोध्ने, शिक्षक संग घुलमिल हुने बानीको बिकास भएपछि अहिले सम्म कुनै बिषयमा अनुउर्तिण हुनुपरेको छैन । “जब बोल्ने बानीको बिकास हुन्छ तब धेरै कुरामा सफल हुन सकिने रहेछ उनि बताउछिन ।”
बालसमुहमा दुब्र्यसनी बारे छलफल भएपछि उनले घरपरिवारमा सुरुमा संघर्ष गरिन । उनले घरका सदस्यलाइ कुलतबाट छुटाउन सुरुवात गरिन । सुरुमा त उनका अभिभावकले उनको भनेको कुरा महत्वका साथ लिएनन् तर पनि उनले निरन्तर कुरा गरिरहिन । अन्तमा उनको कुरा मानेर उनको बुवाले मध्यपान (कुलत) छोड्नुभयो ।

हरिकलालाइ बालबिवाह गर्नु हुदैन भन्ने कुरा राम्रो संग थाहा छ । सामाजिक रुपमा उनले बिभिन्न अभियान समेत चलाएकी छन, अभियानमा भाग समेत लिएकी छन । बाल समुहको सदस्य बाट काम सुरुवात गरेकी हरिकला अहिले वडा स्तरिय वाल संजालको अध्यक्ष समेत भएकी छन । उनले आफु भन्दा पछिका बालबालिकालाइ पनि समुहमा सिकाउने गरेकी छन । हरिकला अहिले स्थानिय रेडियो डाडादरा एफएममा मेरो कथा रेडियो कार्यक्रमा अभिनय समेत गर्ने गरेकी छन । रेडियोबाट आफ्नो आवाज अरुलाइ सुनाउन पाउदा र शन्देश दिन खोज्दा साह्रै खुसी लागेको बताउछिन ।

उनलाइ समुदायमा बाल समुहमा रहेर काम गर्नको लागि घरपरिवारले पनि राम्रो साथ दिउका छन । कतिपय समुदायमा घरको काममा मात्रै छोरीलाइ राख्ने सोचमा हरिकलाको परिवारमा परिवर्तन भएको छ । बाहिर सिकेका कुरा उनि घरपरिवारलाइ पनि जानकारी दिन्छीन । फुर्सदको समयमा उनले घरमा पनि काममा सघाउने गरेकी छन । पढाइ, समुहको काम, घरको काममा सहयोग गर्ने कुरालाइ उनले कार्यतालिका बनाएर काम गर्दै आएकी छन ।

बालसमुहमा बस्दा उनले आफुमा बोल्ने बानीको बिकास, पढाइमा सफलता, आत्मबिश्वास, नेतृत्व बिकास, जिज्ञासु, निडर तथा सामाजिक सेवा भावनाको बिकास भएको बताउछिन । आजभोली कुनै पनि कार्यक्रम हुदा भाग लिन मन लाग्ने गरेको उनको भनाइ छ । समुदायका बिभिन्न बिकृती, कुरीती, कु संस्कारका बिरुद्ध आवाज उठाउन सधै निन्तर लागिरहने उनको सोच रहेको छ । पढाइलाइ पनि निरन्तरता दिदै भबिष्यमा नेपाल प्रहरीमा भर्ति भएर देशको सेवा गर्ने उनको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...