सुर्खेतको पञ्चपुरी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् । सोमबार बसेको नगर कार्यापालिकाको बैठकको निर्णयअनुसार वैशाख १४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि भैतिक उपस्थितिमा हुने पठनपाठन र पुर्ब निर्धारित परिक्षा बन्द गरिएको पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
अधिकृत अर्यालले नगरपालिका भित्र जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्देशन अनुसार कार्यालयका अत्याबश्यक बाहेक अन्य सेवाहरु पुर्णरुपमा बन्द गरिने समेत बताउनुभयो । नगरपालिकाले कोरोना संक्रमण तिब्र रुपमा फैलिएको हुदा सम्पुर्ण नागरिकलाइ स्वास्थ्य मापदण्डको पालना गर्न र बिना काम घर बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।
