पञ्चपुरीका बिद्यालयमा बैशाख १६ गते देखि परिक्षा हुने,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयकाे बार्षिक परीक्षा ताेकिएकाे समय भन्दा अगाडि नै हुने भएको छ । पञ्चपुरी नगर शिक्षा शाखाकाे अाज बसेकाे बैठकले सबै बिद्यालयले बैशाख १६ गते देखि परीक्षा संचालन गर्ने निर्णय गरेकाे हाे । कक्षा ८ बाहेक अन्य कक्षा काे परीक्षा तालिका र समय सम्बन्धित बिद्यालयले अाफ्नाे अाबश्यकता अनुसार गर्न सक्ने छ ।

काेराेना महामारीका कारण जेठमा हुने भनिएकाे परीक्षा अगाडि नै गर्न लागिएको श्राेतब्यक्ती द्रोणराज पाठकले जानकारी दिनुभयाे । नगरपालिका भित्र का ५३ अाेटा सामुदायिक र १० अाेटा संस्थागत बिद्यालय रहेका छन ।

नगरशिक्षाले परीक्षा समयमा पनि स्वास्थ्य मापदण्ड काे पालना गर्न सबै बिद्यालयलाई अनुराेध समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...