पञ्चपुरी ९ का आगलागी पिडितलाइ नगरपालिका र रेडक्रसद्धारा राहत बितरण,

31 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ को रागमा आगलागी भएको परिवारलाई पञ्चपुरी नगरपालिका र रेडक्रस शाखा बिद्यापुरले आज राहत बितरण गरेको छ । रेडक्रस उपशाखा बिद्यापुरका सभापति रामप्रसाद सापकोटा सचिव हिरामणी पौडेल सहितको टोलीले रेडक्रसबाट कपडा, भाडाकुडा, त्रिपाल बितरण गरेकोे छ ।


त्यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उप प्रमुख मुक्ति रेग्मी सहितकोे टोलीले ४ घरपरिवार लाई र खाद्यान्न बितरण गरिएको छ । राहत बितरणमा नगरप्रमुख थापाले पिडित घरपरिवारको सहयोगका लागि विभिन्न निकाय संग पहल गर्ने बताउनुभएको छ ।

आज नै चौकुने गाउपालिका अध्यक्ष, उपाध्यक्ष सहिको टोलीले पनि पिडित परिवारलाइ राहत हस्तान्तरण गरेको छ । सोमबार साझ सवा ६ बजे एक्कासि भएको आगलागी बाट स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका ४ ओटा घर, ६ गोठ, ४ चर्पी र कुखुराको खोर जलेर नष्ट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...