सुर्खेतकाे पञ्चपुरी नगरपालिका स्तरीय युवा सञ्जालको आयोजनामा बाबियाचौरमा सडक नाटक प्रदर्शन गरिएको छ । बालविवाह रोक्दैछ पालिका, नगरौँ बिहे बालक र बालिका भन्ने उद्देश्य सहित बालविवाह सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको हो । पञ्चपुरी कृषि पर्यटन तथा खेलकुद महोत्सव मा सो सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटकमा बालविवाह का असर यसले समुदायमा पार्ने प्रभाव का विषयमा सन्देश प्रस्तुत गरिएको हो ।
बालविवाहले समाजमा पछिल्लो चरणमा नकारात्मक प्रभाव पर्दै गएको हुँदा यसलाई सचेतनामूलकको रुपमा सन्देश प्रवाह गर्न सडक नाटक प्रदर्शन गरिएको सहजकर्ता कृष्ण विकले जानकारी दिनुभयो । Arh परियोजना अन्तर्गत सो नाटक प्रदर्शन गरिएको हो ।
