सुर्खेतको पञ्चपुरी नगरपालिकाले कोरोनाभाइरसको संक्रमणबाट बच्दै नयाँ वर्ष मनाउन नगरवासीलाई आग्रह गरेको छ । कार्यालयले आज प्रकाशन गरेको शुभकामना शन्देशमा भीडभाड नगरी नयाँवर्ष मनाउन सबैलाइ आग्रह गरेको हो ।
यस वर्षको नयाँ वर्ष संकल्पको रुपमा महामारीबाट सुरक्षित हुनुपर्ने स्वास्थ्य मापदण्डको पालना गर्न र सामाजिक दुरी कायम गर्न समेत आग्रह गरेको छ । शन्देश संगै नगर प्रमुख उपेन्द्र बहादुर थापाले कोरोनाको संक्रमण फेरी समुदायमा फैलिएको हुदा सबैजना सतर्क रहन अनुरोध समेत गर्नुभएको छ ।
नगरपालिका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त हस्ताक्षर सहितको शुभकामना शन्देशमा सबै नागरिक खुसी हुदै कोरोना जित्नुपर्ने शन्देश दिइएको छ ।
