कमलबजार ५ द्वारा प्रत्येक टोलमा स्टेचर वितरण : स्थानीय खुसी

44 पटक हेरिएको

कमलबजार नगरपालिका वडा नं ५ को वडा कार्यालयद्वारा प्रत्येक टोलमा स्टेचर वितरण गरिएको छ । वडा नम्बर पाँच को आर्थिक सहयोग तथा वडाध्यक्ष सत्यराज तिमिल्सैनाको सक्रियतामा वडा नम्बर ५ का ६ टोलमा ६ वटा स्टेचर एक कार्यक्रमका बीच आज वितरण गरिएको हो ।

वडाका नागरिकहरूलाई बिरामी हुँदा तत्काल सहजै स्वास्थ्य संस्थामा पुगाउन सहज होस् भन्ने उद्देश्यले टोलटोलमा स्टेचर वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बताउनुभयो । वडाका सडक नपुगेका विकट टोलबाट यातायातको पहुँच सम्म पुगाउनका लागि स्टेचरमा बोकेर लिन सजिलो हुने भएकाले प्रत्येक टोलमा स्टेचर वितरण गरिएको जनाइएको छ ।

गर्भवती महिला र अन्य बिरामीहरूलाई छिटोभन्दा छिटो वडाको स्वास्थ्य चौकीसम्म पुगाउन सहज हुने भएकाले वडाका प्रत्येक टोलमा स्टेचर वितरण गरिएको वडाध्यक्ष तिमिल्सैनाको भनाइ छ । प्रत्येक टोलमा स्टेचर वितरण गरेपछि वडाका स्थानीय निकै खुसी भएका छन् । प्रत्येक टोलमा स्टेचर वितरण गरेको भन्दै वृद्धवृद्धा लगायत वडाका नागरिकहरूले धन्यवाद समेत दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...