पञ्चपुरी नगरपालिकाद्वारा वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र पञ्चपुरी नगरपालिकाको लगानीमा खरिद गरिएको एम्बुलेन्स पञ्चपुरी नगरपालिका ७ लाई हस्तान्तरण गरिएको छ ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ भौगोलिक हिसाबले विकट भएको र बिरामीहरूलाई एम्बुलेन्स सुविधा नभएको हुँदा नगरपालिकाको लगानीमा एम्बुलेन्स वडालाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खिमबहादुर बयकले बिरामीहरूलाई स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता अब हटेर जाने बताउनुभएको छ ।
वडामा सञ्चालन हुने एम्बुलेन्सले पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ अछामको तुर्माखाद गाउँपालिका बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाको वडा नम्बर ६ का नागरिकहरुलाई सेवा दिन सक्ने अध्यक्षले बताउनुभएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन वडा तथा स्वास्थ्य चौकी छाप्रेले गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले एम्बुलेन्सले बिरामीहरूको तत्काल छिटोभन्दा छिटो उपचारमा तत्परता देखाउन पर्ने समेत बताउनुभयो । करिब ३२ लाखको लगानीमा खरिद गरिएको एम्बुलेन्स वडामा हस्तान्तरण गरिएपछि वडा नम्बर ७ का नागरिकहरू खुसी भएका छन । साथै उनीहरूले नगरपालिका र सामाजिक विकास मन्त्रालयलाई धन्यवाद समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...