एमालेका तीन मन्त्रीले दिए सामुहिक राजीनामा

32 पटक हेरिएको

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा  रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार पत्रकार सम्मेलन गरेर संयुक्त राजीनामा दिएका हुन् । आइतबार बसेकाे नेकपा एमालेकाे संसदीय दलकाे बैठकले सरकारमा रहेका मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएकाे थियाे ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले  आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । तीन मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प अझै बाँकी रहेको बताएका छन् ।

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेकाे पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् । यी मध्य नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...