पञ्चपुरीमा सरकारमा सहभागी गठबन्धनका ३ दलको बैठक सम्पन्न,

सरकारमा सहभागि भएका गठबन्धन दलहरु मध्य ३ दलको पञ्चपुरी नगरपालिका स्तरको संयन्त्रको प्रथम संयुक्त बैठक आज सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीका अध्यक्ष केशव शाहीको अध्यक्षता र नेपाली कांग्रेस पञ्चपुरीका सभापती कृपाराम थापा, नेकपा समाजबादीका अध्यक्ष रमेश बौडेल लगाएतका राजनैतिक दलका प्रतिनिधिहरुको सहभागितामा बैठक भएको हो । ३ दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएको छ ।

बैठकमा शहिदहरुको सम्झनामा मौन धारण पछि माओवादि केन्द्रका अध्यक्ष केशब शाहीले प्रदेश संयन्त्रले गरेको परिपत्र बारे जानकारी गराउनुभएको छ । त्यस्तै प्रदेश, केन्द्रले गरेका निर्णय लाइ आधारमानि समन्वयको भुमिका निर्वाह गर्ने एक अर्का दल बिच सम्मानजनक ब्यवहार गर्ने, संयन्त्रको बैठक रोटेसनका आधारमा बस्ने र साझा धारणा बनाइ अगाडि बढ्ने समेत निर्णय भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) बाट धन बहादुर बि क, भुपेन्द्र सिजापती, जगत सावद नेकपा समाजवादी बाट मनबहादुर बि क, पदम रावल, कमलकृष्ण पौडेल र प्रकाश सलामीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...