प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरी २ पलैटेको परिसरमा आज सरसफाइ गरिएको छ । स्वास्थ्य केन्द्रका ईन्चार्ज डाक्टर निर्मल थापाको अगुवाइमा स्वास्थ्य केन्द्रका कर्मचारीहरु सहितको टोलीद्वारा सरसफाइ, बगैँचा निर्माण तथा ब्यवस्थापन गरिएको छ ।
स्वास्थ्य केन्द्रको बाहिरी बाताबरण राम्रो भएमा आउने बिरामीहरु तथा कुरुवा हरुलाइ पनि सन्तुष्टि हुने अस्पतालका कर्माचारीले जानकारी दिएका छन । सबै मिलेर अस्पतालको बाताबरण राम्रो बनाउन जरुरी रहेको बताउदै डाक्टर निर्मल थापाले अस्पतालको हरेक ब्यवस्थापनलाई राम्रो बनाउदै बिरामीको जति सकिन्छ छिटो र भरपर्दाे सेवा दिने बाताबरण मिलाउने बताउनुभएको छ ।
