बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे सभापतिमा चेतन नेपाली बिजयी

302 पटक हेरिएको

१८ चैत, सुर्खेत ।
मध्यपश्चिम बिश्वबिद्यालय अन्तरगत बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक भएको छ । आज भएको चुनावमा नेपाली काङ्ग्रेस निकट नेविसंघका तर्फबाट चेतन नेपाली १ सय ५३ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जनक बिष्टले १ सय ३६ मत प्राप्त गरेका छन । त्यसैगरी सचिवमा अनेरास्वबियुका हार्दिक भण्डारीले १ सय ५६ मत ल्याएर जित हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका शिक्षा थापाले १ सय ३२ मत प्राप्त गरेकी छन । त्यसैगरी काेषाध्यक्षमा नेविसंघका कल्पना कुमारी थापा १ सय ५२ मत ल्याएर बिजयी भएकी छन भने प्रतिद्वन्द्वी अनेरास्ववियुका अस्मिता कडेलले १ सय ३४ मत प्राप्त गरेकी छन । सदस्यहरुमा नेबिसंघका दिलिप माझी १ सय ३९ र बिमल शाक्यले १ सय ३७ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी डम्मर खत्रीको १ सय ३२ र राजेन्द्र सुनारकाे १ सय १५ मत प्राप्त भएको छ । ३ सय ४० जना मतदाता रहेका क्याम्पसमा २ सय ९७ मत खसेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...