नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको ४३ औँ जिल्ला भेला सम्पन्न,

35 पटक हेरिएको

नेपाल  रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको ४३ औँ वार्षिक साधारण सभा आज पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुरमा शाखाको जिल्ला भेला सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी विद्यापुर उपशाखा पञ्चपुरी सुर्खेतको समन्वयमा भएको कार्यक्रममा जिल्लामा रहेका रेडक्रसका विभिन्न सदस्यहरूको सहभागिता रहेको थियो । जिल्ला भेलाको उद्घाटन समारोहमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले रेडक्रसले पञ्चपुरीमा राहत उद्धार तथा विभिन्न कामहरूमा सहयोग गरेकोप्रति प्रशंसा व्यक्त गर्नुभएको छ । विभिन्न विपदको समयमा रेडक्रसले गरेको सहयोग तथा समन्वय को उच्च प्रशंसा गर्दै नगरप्रमुख भण्डारीले आगामी दिनमा रेडक्रसलाई गर्नुपर्ने आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि हृदयराम थानीले रेडक्रसको मानवीय सहायता तथा तत्परता सबैका लागि उदाहरणीय भएको बताउनुभएको छ । विपदको समयमा र विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रेडक्रसलाई आफ्नो तर्फबाट आवश्यक सहयोग तथा सल्लाह रहने समेत उहाँले बताउनुभएको छ । कार्यक्रममा रेडक्रस जिल्ला शाखाले गरेको काम र आगामी दिनको योजनाका विषयमा समेत प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्तिदेवी रेग्मी, वडा अध्यक्ष, राजनीतिक दल, रेडक्रसका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी विद्यापुर उपशाखा पञ्चपुरीका सचिव हिरामणी पौड्यालले सञ्चालन गरेको कार्यक्रम जिल्ला शाखा सुर्खेतका अध्यक्ष रामलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...