१३ चैत, बझाङ-
बझाङमा एक छात्रा बिद्यार्थीले एसइई परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेकी खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । ‘बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्,’ डीएसपी भण्डारीले भन्नुभयो ‘सुसाइट नोट पनि फेल परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण भने उल्लेख गरिएको छैन ।’
डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् ।