पञ्चपुरी नगरपालिकाकाे ८ औ नगरसभा सम्पन्न,

पञ्चपुरी नगरपालिका सुर्खेतकाे ८ अाै नगरसभा बाबियाचाैरमा सम्पन्न भएको छ । नगरसभामा पञ्चपुरी नगरपालिका बिययगत शाखाहरुले गरेका काम तथा प्रगतिका बारेमा प्रस्तुत गरिएको छ । सभाका अध्यक्ष तथा नगर प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिकाले गरेका कामहरु सन्ताेषजनक भएको बताउनुभएको छ ।

हरेक बर्ष बिकास बजेट असार मसान्तमा खर्च गर्ने परिपाटीकाे यस बर्ष अन्त्य गर्नुपर्नेमा समेत उहाले जाेड दिनुभयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नगरपालिका काे बिकास सम्पन्न गर्न जनप्रतिनिधिकाे भुमिका महत्त्वपूर्ण हुने भएको हुदा यसमा सबैकाे सबैकाे सहयोग अाबश्यक रहेकाे बताउनुभएको छ ।

त्यसैगरी लेखाअधिकृत माेहनबहादुर बुढाले भुक्तानीका बिषयमा धेरै कुराहरु हेरेर भुक्तानी दिनुपर्ने भएको हुदा याेजना तथा भुक्तानीका बिषयमा अाबश्यक पर्ने कागजात पुर्‍याउनुपर्ने बताउनुभएको छ । नगरसभामा सहभागीहरुले बिकास निर्माण र याेजना बिनियाेजनका बिषयमा सदस्यहरुलाई जनाकारी दिनुपर्ने बताएका छन । नगरसभाले कार्यपालिकामा भएका निर्णयहरुलाइ अनुमाेदन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...