भारतमा नेपालीले बेहोस बनाएका सुर्खेतका सहबिर वेपत्ता

265 पटक हेरिएको

सुर्खेत । भारतको रुद्रपुरमा बेहोस बनाइएका सुर्खेतका सहविर सुनार वेपत्ता भएका छन् । हल्दुवानीबाट भारतकै रुद्रपुर भन्ने ठाउँमा सहविर र उनीसँगै रहेका सन्तोष सुनार जाँदै थिए । तर रुद्रपुर पुगेपछि सन्तोष बेहोसपछि सम्पर्कमा आएपनि सहविर सम्पर्कमा नआएकाले खोजी दिन आफन्तले अपिल गरेका छन् ।

वेपत्ता भएका सहविर पञ्चपुरी नगरपालिका–१० चाम्री सुर्खेतका हुन् । रोजगारीको सिलसिलामा उनी भारत गएका थिए । नयाँ वर्ष मनाउनका लागि सहविर र सन्तोष सुर्खेत फर्किदै गरेको आफन्त नमराज थरेलीले जानकारी दिए ।

‘हल्दुवानीबाट हिड्दा फागुन १६ गते साँझसम्म कुरा भएको र विहान सन्तोष रुद्रपुरमै बेहोसपछि होसमा आएर सम्पर्क गर्नुभयो,’ उनले भने, ‘होसमा आउनु भएका सन्तोषले फागुन १७ गते विहान आफूहरुलाई तीन जना नेपालीले रुद्रपुरमा चिसो पदार्थ खुवाएको र त्यसपछि केही थाहा नभएको खवर गर्नुभयो । सहविर अझै भेटिनु भएको छैन् । हामीले खोजी रहका छौं ।’

रुद्रपुर बसपार्कदेखि ५० मिटरको दुरीमा आफू विहान होस खुलेको जानकारी दिएका सन्तोषले आफूसँग भएको सबै सामानसमेत लुटिएको जानकारी आफन्तलाई दिएका छन् । सहविर पनि रुद्रपुरमै हुनसक्ने भएकाले खोजी थालिएको उनले बताए ।अहिलेसम्म सहविर सम्पर्कमा नआएकाले कही हल्दुवानी र रुद्रपुरको आसपासमा कसैले फेला पारे नमराजको सम्पर्क नम्बर र विवश सुनारलाई जानकारी गराइदिन आफन्तले अपिल गरेका छन् । nepalkarma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...