आस्था नेपालद्वारा अछामको महाकाली माध्यमिक विद्यालयमा खेलकुदका सामग्री वितरण

65 पटक हेरिएको

आस्था नेपाल ओल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महाकाली माध्यमिक विद्यालयमा खेलकुदका सामग्री वितरण गरिएको छ । आस्था नेपाल तथा ओल्डविजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा महाकाली माध्यमिक विद्यालय कमलबजार नगरपालिका वडा नम्बर ५ मा आज एक कार्यक्रमका बीच खेलकुदका सामग्री वितरण गरिएको हो । यस्तै वर्ल्ड भिजनका प्रतिनिधि रेणुका मल्ल, आस्था नेपालका प्रतिनिधि निराजन शाही, टंक बजगाईं, जीवन नेपाली, लगायतको समूहले विद्यालयमा भलिबल २ वटा नेट २ थान फुटबल २ ब्याटमिन्टन २ क्रिकेट ब्याट बल ३ / ३ वटा रबर रिङ ७ ककसेट २ पम्प ३ स्किपिङ २ डोरि वितरण गरेको प्रधानाध्यापक मोहन खत्रीले जानकारी दिनुभयो
। कमलबजार नगरपालिका वडा नम्बर ५ कुइकाका वडाध्यक्ष सत्यराज तिमिल्सैना महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन खत्री लगायत विद्यालयका सम्पूर्ण शिक्षक विद्यार्थी लगायतको उपस्थितिमा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । खेलकुदका सामग्री हरू ग्रहण गदै वडाध्यक्ष सत्यराज तिमिल्सैनाले आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले वडा तथा टोलमा बालबालिकाको क्षेत्रमा एकदमै उल्लेखनीय काम गरेको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थाले यस्ता कामहरू निरन्तर गरि रहन आग्रह गर्नुभयो ।
यस्तै महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन खत्रीले आस्था नेपाल र ओल्डविजन नेपालले विद्यालयमा बालबालिकालाई विभिन्न आवश्यक सामग्रीहरू बेलाबेलामा प्रदान गर्दै आइरहेकोमा संस्थालाई प्रति आभार प्रकट दिँदै विद्यार्थीहरूका लागि विद्यालयले पनि विद्यार्थीहरूको शारिरिक विकासका लागि विभिन्न खेलकुद लगायत मनोरञ्जनका सामग्रीहरू बितरण कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...