पञ्चपुरीकाे बाबियाचाैर बजारमा चाेरीका घटना बढ्दै,

229 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ बाबियाचौर मिलनचोकमा ५ वटा पसलमा चाेरी भएको छ । बाबियाचौर बजारमा रहेका अञ्जली कटेज, बाबियाचौर किराना, बोगटी कोल्ड स्टोर, र मेनुका किचन वेयर प्रशासन कार्यालय अगाडिको घुम्ती रहेका छन् । पसलबाट सामान र नगद चोरी भएको आशंका गरिएकाे छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय, बाबियाचौर बाट टोली आएर अनुसन्धान सुरु गरेको छ। चोरीको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
लगातार बढ्दै गएको चोरीका घटनालाई ध्यानमा राख्दै पञ्चपुरी नगरपालिका ले बजार क्षेत्रमा CCTV क्यामेरा जडान गर्न आवश्यक देखिएको छ । स्थानीय व्यापारीहरू र नगरवासीहरूले पनि बजार सुरक्षाको माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...