पञ्चपुरी नगरपालिका भित्रका ६५ वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिक र पहिलाे चरणमा छुट भएका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई दाेश्राे चरणको काेराेना बिरुद्ध काे खाेप लगाउन सुरु गरिएको छ । पञ्चपुरीका ५ अाेटा खाेप केन्द्रबाट खाेप कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
अाज स्वास्थ्य चाैकि छाप्रे खाप केन्द्रमा ३४ महिला २६ पुरुष गरि ६० जना, बिद्यापुर स्वास्थ्य चाैकि खाेप केन्द्रमा जसमा ५८ महिला ४३ पुरुष गरि १सय १ जना, तातापानी स्वास्थ्य चाैकी खाेप केन्द्रमा २८ महिला २२ पुरुष गरि जम्मा ५० जना, स्वास्थ्य चाैकी बाबियाचाैर खाेप केन्द्रमा ५२ महिला ६७ पुरुष गरि जम्मा १ सय १९ जना र प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा १८ महिला र २२ पुरुष गरि जम्मा ४० जनाले खाेप लगाएका हुन ।
५ अाेटा खाेप केन्द्रमा १९० जना महिला र १८० जना पुरुष गरि जम्मा ३ सय ७० जनाकाे सहभागिता रहेकाे स्वास्थ्य शाखा पञ्चपुरीका अस्पताल नर्सिङ निरिक्षक कृष्टिना सापकोटाले जानकारी दिनुभएको छ । त्यसैगरी चाैकुने गाउपालिकामा पनि ५ अाेटा खाेप केन्द्र रहेको र २ सय ६७ महिला २ सय १२ पुरुष गरि जम्मा ४ सय ७९ जनाले खाेप लगाएकाे चाैकुने स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिनुभयो ।
जसमा बासपानी स्वास्थ्य चाैकि खाेप केन्द्रमा ३८ महिला ३८ पुरुष गरि जम्मा ७६ जना, बेतान स्वास्थ्य चाैकी खाेप केन्द्रमा १९ महिला ११ पुरुष गरि जम्मा ३० जना, बिजाैरा स्वास्थ्य चाैकि खाेप केन्द्रमा ५३ महिला ३६ पुरुष गरि जम्मा ९० जना, घाटगाउ स्वास्थ्य चाैकि खाेप केन्द्रमा ९१ महिला ७४ पुरुष गरि जम्मा १ सय ६५ जना, गुटु स्वास्थ्य चाैकी खाेप केन्द्रमा ६६ महिला ५२ पुरुष गरि जम्मा १ सय १८ जना ले खाेप लगाएका छन । खाेप केन्द्रमा उत्साहजनक रुपमा जेष्ठ नागरिकहरुकाे सहभागीता रहेको थियोे ।