पञ्चपुरीका किशोरीहरुलाइ आत्मरक्षा तालिम,

47 पटक हेरिएको

पञ्चपुरी नगरपालिका वडा नं ६ सुर्खेतको आयोजनामा किशोरी लाई १ दिने आत्मरक्षा तालिम आज बाबियाचौरमा संचालन गरिएको छ । वडाका बिभिन्न बिद्यालय र अन्य किशोरी गरि १०० भन्दा बढिको सहभागीता रहेको थियो ।

तालिमका सहभागी किशोरीहरुलाइ आफुमा आइपर्ने समस्याहरुलाइ कसरी आत्मरक्षा गर्ने बारेमा प्रयोगात्मक र ब्यवहारिक ज्ञान दिइएको छ । कार्यक्रममा वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले छोटो समयमा भएपनि किशोरीहरुलाइ तालिम दिइएको र आगामी दिनमा यसलाइ निरन्तरता दिने बताउनुभएको छ ।

कार्यक्रममा वडा सदस्य सज्जन कार्की, अनिता बिक, वडा सचिव यमुना लम्साल, शिक्षक प्रेम बिष्ट लगाएतको सहभागिता रहेको थियो । प्रेम सुनारले सञ्चालन गरेको कार्यक्रमको सहजिकरण प्रशिक्षक सोना थापाले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...