पञ्चपुरीमा दलित जागरण अभियान कार्यक्रम सम्पन्न,

58 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा दलित जागरण अभियान संचालन भएको छ । दलित जागरण पश्चिमको आयोजनामा भएको कार्यक्रममा नगरपालिकामा रहेका दलित समुदायका नागरिकहरुको भेला रहेको थियो ।

भेलामा आगामी चैत ७ गते कर्णाली प्रदेशमा हुने कार्यक्रमको तयारीका बारेमा समेत छलफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र सुनारले कर्णालीका प्रत्येक जिल्लामा पुगेर हरेक दलित समुदायकोे सुख दुख र दलितहरुका समस्या लाइ सुन्न आवश्यक रहेको समेत बताउनुभएको छ ।

कार्यक्रमा राजनीति दलको तर्फबाट धन बहादुर बिक, मन बहादुर बिक र गोर्ख कामी, नैनसिंह बिक, देब बहादुर सार्की, रमेश बौडेल, सिता सुनार, धनरुपा बिक लगाएतले आफ्नो भनाइ राख्नुभएको थियो । प्रेम सुनारले संचालन गरेको कार्यक्रम ललित सुनारको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...