अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशको आयोजनामा पञ्चपुरी नगरपालिकाद्वारा जारी गरिएको स्थानीय स्वास्थ्य सेवा ऐन २०७७ को बिषयमा छलफल गरिएको छ ।
पञ्चपुरी नगरपालिकामा रहेका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, बिषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेकोे थियोे । कार्यक्रममा स्वास्थ्य सेवा ऐन २०७७ लाई परिमार्जन गर्नको लागी विभिन्न बुदामा अन्तरक्रिया समेत गरिएको छ ।
ऐनको बिषयमा अधिबक्ता पिताम्वर ढकालले छलफल समेत गर्नुभएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख लालविर भण्डारीले ऐनमा नमिलेको बिषयहरुलाई थप छलफल गरि कार्यपालिका बैठकबाट अनुमोदन तथा परिमार्जन गर्न सकिने बताउनुभएको छ ।
भण्डारीले स्वास्थ्य क्षेत्र मानव जीवन संग प्रत्यक्ष जोडिएको हुदा मानव अधिकारको बिषयलाई समेत समेटेर ऐन परिमार्जन गरिने बताउनुभएको छ । कार्यक्रम इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।