संघिय खानेपानी तथा ढल व्यवस्था आयोजनाको आयोजनामा पञ्चपुरी २ को पलैटे सुर्खेतमा निर्माण ब्यबसायी उपभोक्ता समिती तथा सरोकार वाला बिच अन्तरक्रिया सम्पन्न भएको छ ।
सालकोट बृहत खानेपानी तथा सरसफाई आयोजना सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा खानेपानी आयोजनाको कार्यप्रगती, आगामी दिनमा गर्नुपर्ने काम, यसको दिगोपना र सञ्चालनको बारेमा जानकारी दिइएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले खानेपानी आयोजना समयमै सम्पन्न गर्न सरोकारवाला निकाय संग अनुरोध गर्नुभएको छ ।
आयोजना संचालनमा आएपछि पञ्चपुरीका वडा १,२ ३ का नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन । अन्तरक्रिया कार्यक्रम पञ्चपुरी २ का वडा अध्यक्ष याम बहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको छ ।