नेपाल शिक्षक संघ पञ्चपुरी नगर कार्यसमिति पञ्चपुरी सुर्खेतकाे तेस्रो नगर प्रतिनिधि सभा बाबियाचाैरमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस संग अाबद्ध पञ्चपुरी नगरपालिका भित्र रहेका बिद्यालयका शिक्षकहरुकाे भेला भएको हाे ।
भेलाका प्रमुख अतिथि पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले समुदायमा सकारात्मक प्रभाव पार्ने शिक्षक नै भएको हुदा समाज बिकासमा शिक्षककाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । साथै उहाले शिक्षककाे पेशागत हितका लागि अाफु सधैं लागि पर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रममा नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले बिद्यालयका धेरै ठाउमा शिक्षक दरबन्दी कम भएको र नगरपालिकाले स्वयंसेवक शिक्षककाे ब्यवस्थापन गरेकाे बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठ, क्षेत्रीय सभापति लालबिर भण्डारी, प्रदेश सभापति कृपाराम थापा लगाएत संघमा अाबद्ध अतिथिहरुले भेलाकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागी शिक्षकहरुले राज्यले शिक्षकहरु प्रति गर्ने व्यवहार परिबर्तन हुनुपर्नेमा जाेड दिएका छन ।
भेलाले अार्थिक र संगठनिक प्रतिबेदन अनुमाेदन, पञ्चपुरीमा रहेका शिक्षाका समस्या प्रदेश तथा केन्द्र सरकारमा जानकारी गराउने र फागुन १७ गतेसम्म सदस्यता नबिकरण गरिसक्ने निर्णय गरेकाे छ । शिक्षक संघ पञ्चपुरीका सचिब रेशम बहादुर शाहीले संचालन गरेकाे कार्यक्रममा संघका उपाध्यक्ष कमल बिकले स्वागत मन्तब्य राख्नुभएको हाे । भेला पञ्चपुरी शिक्षक संघका अध्यक्ष प्रेमबहादुर बिष्टकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।