पञ्चपुरी वडा नं ६ का १ सय २५ जना जेष्ठ नागरिकलाई सम्मान,

पञ्चपुरी नगरपालिका वडा नं ६ काे अायाेजनामा जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको छ ।

वडा नं ६ अन्तरगतका ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई स्वास्थ्य सामाग्रि बितरण गरिएको छ । वडा भित्रका १ सय २५ जना जेष्ठ नागरिक र ५ जना अपांगता भएका ब्यक्तिहरुलाइ सहयोग गरिएको हाे ।

घरदैलो कार्यक्रममा वडाका जनप्रतिनिधिहरुले काेराेना सम्बन्धि सचेतना समेत दिईएका छन । वडाका जनप्रतिनिधिहरुले लाटिकाडा, भावर, चतुरे र तिलकपुरका प्रत्येक टाेलमा पुगेर सामाग्री बितरण गरेकाे प्रेम सुनारले जानकारी दिएका छन ।

कार्यक्रममा वडा अध्यक्ष खड्कबहादुर थापा, सदस्य सज्जन कार्की, अनिता बिक , रुक्मी देवकाेटा वडा सचिब यमुना लम्साल लगाएतकाे सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...