बर्षाै देखिकाे बच्छि, चाम्रीका नागरिककाे सपना पूरा हुँदै,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं १० बच्छि र चाम्री जाेड्ने बाटाे काे अाज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उपप्रमुख मुक्ति रेग्मी, वडा नं १० का अध्यक्ष हरिप्रसाद ढकाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति लालबिर भण्डारीकाे उपस्थिति रहेको कार्यक्रममा पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टको प्रमुख अातिथ्यतामा बाटाेकाे शिलान्यास गरिएको हाे ।

बर्षाै देखि चाम्रिका नागरिक हरु कठिन तथा जाेखिम पुर्ण पैदल यात्रा गर्दै बराहताल काे चेपाङ्ग र वडा कार्यालय जानुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । पञ्चपुरी नगरपालिका काे २० लाख काे लगानीमा करिब ४ किलोमिटर बाटाे निर्माण गर्न लागिएको वडा नं १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले जानकारी दिनुभएको छ । बाटाे निर्माण हुन लागेपछि स्थानीय नागरिक खुसि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...