बाबियाचाैरमा पालाे मिचेर सिचाइ गर्ने परिपाटीको अन्त्य गरिदै,,

बाबियाचाैरमा संचालन भएको समैचे भ्यागुते जल उपभोक्ता संस्थाले सिचाइ लाई थप ब्यवस्थित बनाउने भएको छ । पञ्चपुरीकाे नगरपालिकाकाे वडा नं ५ र ६ काे केही भागमा सिचाइ सुबिधा दिदै अाएकाे समितिले अब देखि सबै कृषककाे जमिनमा समानरुपमा सिचाइ गर्ने भएको हाे । कुलाे धेरै ठाउमा जिर्ण भएको, पानी पालाे मिचेर सिचाइ गर्ने, धेरै जसाे बिबाद हुने समस्या लाई मध्यनजर गर्दै समितिले मर्मतकाे काम लाई अघि बढाएकाे छ ।

३० अाेटा गेटवल ठाउँ ठाउँमा राख्ने र ताल्चा लगाउने समितिले जनाएको छ । बर्षातकाे समयमा बाध भत्कने, पहिराेले पुरिने समस्या अब अन्त्य हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट प्राप्त ३० लाख बजेट बाट ८ सय मिटर पक्कि कुलाे, बाध मा पानी फिल्टर गर्ने जालि निर्माण, ठुलाे गेटवल २ अाेटा, सानाे गेटवल ३० अाेटा निर्माण गरिएको समितिका अध्यक्ष ईन्द्रबहादुर रावलले जानकारी दिनुभएको छ । साथै रावलले कुलाे भत्केकाे ठाउमा मर्मत गरिने र सिचाइकाे लागि अाउने समस्याहरु सधैंका लागि अन्त्य गर्ने समेत बताउनुभयो । बाबियाचाैरका कृषकहरुकाे ४ सय हेक्टर जमिनमा समितिले सिचाइ सुबिधा पुर्‍याउदै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...