समूह प्राथमिक बिद्यालय पञ्चपुरी सुर्खेतकाे बार्षिकाेत्सव सम्पन्न,

समूह प्राथमिक बिद्यालय पञ्चपुरी ६ बाबियाचाैर सुर्खेतकाे बार्षिकाेत्सव तथा भवन उद्घाटन कार्यक्रम बाबियाचाैरमा सम्पन्न भएको छ । बि. सं. २०५३ सालमा स्थापना भएको बिद्यालयले २७ औ बार्षिक उत्सव मनाएकाे हाे । बिद्यालयका प्रधानाध्यापक प्रेम बिष्टले बिद्यालयकाे प्रगति तथा आगामि याेजनाकाे बारेमा जानकारी दिनुभएको छ । कार्यक्रममा बाेल्दै नगरपालिका प्रमुख लालबीर भण्डारीले बिद्यालयकाे कक्षाकाेठा तथा बाहिरी बाताबरण ब्यवस्थापन राम्रो भएको बताउनु भएको छ । नगरपालिकाले शिक्षाकाे गुणस्तर बृद्धिका लागि बिभिन्न याेजना तथा नीति अगाडि सारेकाे बताउदै उहाले नियमित अनुगमन हुने समेत बताउनुभयो । बिद्यालयले बिद्यालयमा याेगदान पुर्‍याउने विभिन्न ब्यक्ति तथा कर्मचारीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बालबालिका हरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम नगर उपप्रमुख मुक्ति रेग्मी , शिक्षा शाखा प्रमुख तुलसी बन, वडा सदस्य, लगाएत अभिभावककाे सहभागीता रहेको थियोे । शिक्षक रामबहादुर बिष्टले सञ्चालन गरेको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र देवकोटाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...