माद्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पञ्चपुरीमा सुरु,

पञ्चपुरी नगरपालिकामा रहेका माद्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि बिद्यापुरमा सुरु भएको छ ।स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित छनौट प्रतियोगिताको उद्घाटन गर्दै पञचपुरी नगरपालिका वडा नं ९ का अध्यक्ष पुर्णप्रसाद घिमिरेले बिद्यालयका बालबालिका देखि लिएर मानव जीवनमा खेलकुदको महत्व रहेको बताउनुभएको छ ।


कार्यक्रका प्रमुख अतिथि समेत रहेका घिमिरेले खेलकुद शान्त र मैत्रिपुर्ण बातारणमा सम्पन्न गर्न सबैलाइ आग्रह समेत गर्नु भएको छ ।
जनता माद्यामिक बिद्यालय बिद्यापुरको प्रागणमा भएको खेलमा एथ्लेटिक्स, कबड्डी, भलिबल लगाएतका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकामा रहेका सामुदायीक तथा निजी बिद्यालयको सहभागिता रहेको छ । उद्धाटन कार्यक्रम बिद्यालयका प्रधानाध्यापक मोतिराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...