२७ माघ, सुर्खेत ।
पञ्चपुरी नगरपालिकामा रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान आजदेखि सुरु गरिएको छ । विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरबाट सुरुवात गरिएको खोप अभियानमा सो उमेर समूहका २ सय २८ जना किशोरीहरूले एचपिभी खोप लगाएका छन् । कार्यक्रमको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी उपप्रमुख मुक्ति रेग्मी लगायतले खोप हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको छ ।

खोप अभियान पञ्चपुरी नगरपालिकाको ११ वटा वडाका ३३ खोप केन्द्रमा सञ्चालन गरिने भएको छ । आजदेखि सुरु भएको खोप अभियान माघ २९ गतेसम्म सञ्चालन हुने पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गंगादेव पुरीले जानकारी दिनुभएको छ । नगरपालिकाले पञ्चपुरीमा रहेका २ हजार २ सय ३० किशोरीहरूलाई खोप दिने लक्ष्य लिएको छ ।