बरैचे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति काे अध्यक्षमा अमर प्रसाद तिमिल्सिना चयन भएका छन । बरैचे, डाब र कालापानी का नागरिक हरुलाई खानेपानी पुर्याउदै अाएकाे अायाेजनाले नया कार्यसमिति चयन गरे संगै कामकाे तिब्रता दिने भएको छ । वडा नं ४ मा भएको उपभोक्ता हरुकाे भेलाले उपाध्यक्षमा गंगाराम बिसी, सचिव केशव शाही, काेषाध्यक्ष जगत शाहीलाई छनाैट गरेकाे छ ।
त्यसैगरी सदस्यहरुमा याम प्रसाद कडेल, सीता कठायत, रत्ना कामी, निर्मला मर्साङ्गी, पदममणी अधिकारी, धर्मराज उपाध्याय, सीता बुढा रहेका छन । नया कार्यसमिति लाई वडा कार्यालयले बधाई समेत दिएकाे छ । बिगतदेखी खानेपानी काे समस्या भाेग्दै अाएका नागरिकलाई ब्यवस्थित खानेपानी बनाउने नया कार्यसमितिले प्रतिबद्धता जनाएको छ ।