एकताकाे परियाेजना प्रारम्भ बैठक पञ्चपुरीमा सम्पन्न,

कारितास जर्मनी र कारितास नेपाल काे सहयाेग र एकता फाउन्डेसन नेपालकाे अायाेजनामा नेपालमा काेभिड १९ अार्थिक पुनर्लाभ परियाेजना २०२० काे परियाेजना प्रारम्भ बैठक अाज पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । अति बिपन्न अवस्थामा रहेका बिदेश बाट फर्केका हरुकाे अवस्था सुधार, दैनिक ज्याला मजदुरी गरिरहेका नागरिककाे अवस्था सुधार ल्याउन २ सय घरधुरीलाई सहयोग काे कार्यक्रम रहेकाे निर्देशक दुर्गा घर्तिले जानकारी दिनुभयाे ।

परियाेजना बाट एकल महिला, फरक क्षमता भएका ब्यक्ति, काेराेना बाट प्रभावित हरुलाइ जिबिकाेपार्जन, कामका लागि नगद, पशुपालन ब्यवसाय, कृषिमा नगदेबालीकाे बिस्तार, खाद्यान्न तथा खुद्रा पसल गर्नकाे लागि सहयोग कार्यक्रम रहेकाे छ । त्यसैगरी क्षमता बिकासका लागि जनचेतनामुलक कार्यक्रम, तालिम गाेष्टि, उत्पादन बस्तुकाे भण्डारण तथा बजारीकरणमा सहजिकरण गर्ने, मनाेसामाजिक परामर्श दिने, रेडियो तथा पत्रपत्रिकामा शन्देश प्रसारण प्रकाशन गर्ने भएको छ । त्यसैगरी ब्यवसाय गर्नका लागि सहुलियतरुपमा ऋणकाे ब्यवस्थापन गर्ने, अाइसाेलेसनमा बसेका संक्रमितहरुलाई परामर्श दिने परियोजनाकाे कार्यक्रम रहेकाे छ ।

कामका लागि नगद कार्यक्रम अन्तरगत वडाहरुमा सिचाइ, गाेरेटाे बाटाे, सडक तथा जालि भर्ने काम भैरहेकाे छ । परियाेजना पञ्चपुरीकाे वडा नं ४,५ र ६ मा ६ महिना सम्म संचालन हुने संयाेजक घर्तिले बताउनुभयो । कार्यक्रममा नगरपालिका उप प्रमुख मुक्ति रेग्मीको संयाेजकत्वमा सल्लाहकार तथा अनुगमन समिति समेत गठन गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले संस्थाले गरेका कामकाे प्रशंसा गर्दै निरन्तर सहयोग र समन्वय गर्ने समेत बताउनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत माेहनबहादुर बुढाले काेराेना जाेखिमकाे समयमा एकताले गरेकाे सहयोग सकारात्मक रहेकाे बताउनुभयो । त्यसैगरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले अागामी दिनमा नगरपालिका काे तर्फबाट हुने सहयाेग भैरहने र साझेदारी रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रम दुर्गा घर्ती काे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...