गोल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको ५ औ अभिभावक दिवस आज बाबियाचौरमा सम्पन्न भएको छ । बार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान प्राप्त गर्ने बिद्यार्थी हरुलाई बिद्यालयले पुरस्कृत समेत गरेको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मुक्ति रेग्मीले बिद्यालयले शैक्षिक गुणस्तरमा राम्रो प्रभाव पारेको प्रति धन्यावाद समेत दिनुभएको छ । साथै उहाले बिद्यार्थीको पहिलो पाठशाला घर र दोस्रो बिद्यालय भएको हुदा बिद्यालय र शिक्षकले असल संस्कार सिकाउन आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले नृत्य तथा नाटक समेत प्रदर्शन गरेका थिए । कार्यक्रम बिद्यालयका प्रिन्सिपल ताराप्रसाद कडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
![](https://subhasandesh.com/wp-content/uploads/2025/01/474041150_1003323505148243_729894241706667690_n-300x200.jpg)